प्रचण्डको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई खबर गर्नुस्

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनताले थाहा नपाएको बताएका छन् ।

शुक्रबार दिउँसो बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार र पार्टीबीच समन्वय नहुँदा सरकारले गरेका राम्रा कामबारे जनताले थाहा नपाएको बताए।

‘संसदका काम प्रभावकारी रूपमा गर्नुपर्छ। पहिला हाम्रा कमिटीहरू पनि नभएकाले सरकारले गरेका राम्रा कामबारे पनि हामीले जनतालाई प्रभावकारी ढंगले भन्न सकेनौं अब तपाईंहरू सरकारले गरेका राम्रा कामबारे जनतालाई सूचना दिनुस्,’ प्रचण्डले भने।

प्रचण्डले पार्टीको स्थायी समिति बैठक बसिरहेको र बैठकबाट भारतसँग कालापानी र लिम्पियाधुरा क्षेत्रमा भएको विवाद र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन९एमसिसी०बारे धारणा बनाउने बताए।

‘एमसिसी र इन्डो प्यासेफिक रणनीति एउटै हो कि होइन भन्ने बुझ्दै छौं। यदि एमसिसी इन्डो प्यासेफिकभित्र पर्दैन भने हामी स्वीकार्छौं,’ प्रचण्डले भने।

उनले मंसिर १४ गते भएको उपनिर्वाचनको मतपरिणाम सकारात्मक भए पनि गम्भीर हुनु पर्ने खालको भएको बताए।

बैठकमा सांसदहरू भीम रावल र जनार्दन शर्मा दोहोरो छलफल हुनुपर्ने माग गरेका थिए।

तर उनीहरूको मागबमोजिम सांसदहरूलाई छलफल गर्न भने दिइएन।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको