प्रचण्डको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई खबर गर्नुस्

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनताले थाहा नपाएको बताएका छन् ।

शुक्रबार दिउँसो बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार र पार्टीबीच समन्वय नहुँदा सरकारले गरेका राम्रा कामबारे जनताले थाहा नपाएको बताए।

‘संसदका काम प्रभावकारी रूपमा गर्नुपर्छ। पहिला हाम्रा कमिटीहरू पनि नभएकाले सरकारले गरेका राम्रा कामबारे पनि हामीले जनतालाई प्रभावकारी ढंगले भन्न सकेनौं अब तपाईंहरू सरकारले गरेका राम्रा कामबारे जनतालाई सूचना दिनुस्,’ प्रचण्डले भने।

प्रचण्डले पार्टीको स्थायी समिति बैठक बसिरहेको र बैठकबाट भारतसँग कालापानी र लिम्पियाधुरा क्षेत्रमा भएको विवाद र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन९एमसिसी०बारे धारणा बनाउने बताए।

‘एमसिसी र इन्डो प्यासेफिक रणनीति एउटै हो कि होइन भन्ने बुझ्दै छौं। यदि एमसिसी इन्डो प्यासेफिकभित्र पर्दैन भने हामी स्वीकार्छौं,’ प्रचण्डले भने।

उनले मंसिर १४ गते भएको उपनिर्वाचनको मतपरिणाम सकारात्मक भए पनि गम्भीर हुनु पर्ने खालको भएको बताए।

बैठकमा सांसदहरू भीम रावल र जनार्दन शर्मा दोहोरो छलफल हुनुपर्ने माग गरेका थिए।

तर उनीहरूको मागबमोजिम सांसदहरूलाई छलफल गर्न भने दिइएन।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको