काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा छ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका मध्येबाट ११ हजार ४६३ जना सहभागी भएकामा छ हजार ७७३ जना सीप परीक्षामा उत्तीर्ण भएका छन् ।
जसमा पुरुष पाँच हजार ७३९ जना र एक हजार ३४ जना महिला छन् ।
सन् २०२० मा ईपीएसमार्फत कोरिया जानका लागि भाषा परीक्षा दिएका ९२ हजार परीक्षार्थीमध्ये १२ हजार १० जना उत्तीर्ण भएका थिए भने सीप परीक्षामा ४३७ जना अनुपस्थित भएको समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।
को को भए पास ?