तस्बिरमा हेर्नुहोस् यस्तो देखियो एमाले महाधिवेशनको बन्दसत्र

चितवन – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए।

पार्टीका महासचिव ईश्वर पोखरेलको सञ्चालनमा सुरु भएको बन्दसत्रमा उपस्थित भएर शुभकामना दिनेमा कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का जोगिन्दर शर्मा, भारतीय कम्युनिष्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले शुभकामना दिनुभयो । उहाँहरूले दुई पार्टी र आफ्ना देशहरुबीचको आपसी सम्बन्ध अझ मजबुद हुनेमा जोड दिनुभयो । भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्केका थिए ।

यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चावोले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले भारतको कंग्रेस आइका अध्यक्ष सोनिया गान्धीले पठाउनुभएको शुभकामना सन्देश पनि प्रस्तुत गरेका थिए  ।

साथै अन्य विभिन्न देशका राजनीतिक दलका तर्फबाट प्राप्त शुभकामना सन्देश प्रस्तुत गरे। यस्तै टर्की, रुस, भियतनाम, श्रीलङ्कालगायत मुलुकका पार्टीबाट प्राप्त सन्देश सुनाइएको थियो ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्दसत्र सञ्चालन भइरहेको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।


नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनस्थल सौराहमा जारी बन्दसत्रका सहभागी । तस्बिर: प्रदीपराज वन्त

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको