सभामुख पदमा फेरि पनि सुवासचन्द्र नेम्वाङ

काठमाडौँ– रिक्त सभामुख पदमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फेरि पनि अवसर पाउने भएका छन्।

सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय प्राय भएको हो।

उनी यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुख भइसकेका छन्।

पार्टी एकता पहिला माओवादी खेमाबाट कृष्णबहादुर महरा सभामुख भएकाले अहिले पनि उक्त खेमबाटै सभामुख चयन हुनुपर्छ भन्ने बहस नेकपाभित्र भए पनि उक्त विषय विस्तारै ओझेल पर्दै आएको नेताहरुको दाबी छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अन्तिम निर्णय गर्ने भए पनि पार्टीभित्र नेम्वाङलाई नै सभामुख बनाउन लगभग सहमित जुटेको पूर्वमाओवादी खेमाका एक नेताले बताए।

ओली पद रिक्त भएदेखि नै नेम्वाङको पक्षमा रहेपनि अर्का अध्यक्ष दाहाललाई पूर्वमाओवादी खेमाले सभामुख एकतापूर्वको शक्ति सन्तुलन कायम हुनुपर्ने दबाब दिँदै आएका थिए। तर उक्त समूह पनि विस्तारै नेम्वाङकै पक्षमा उभिने अवस्थामा पुगेको दाहाल निकट एक नेताले बताए।

उनले भने, ‘विभिन्न कारणले सुवासजी नै सभामुख बन्नुहुन्छ। पूर्वमाओवादी खेमाबाट उहाँकै पक्षमा सहमति जुट्छ।’

पूर्वमाओवादी पक्षले अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको थियो भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफूले सभामुखको जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएकी छिन्।

नेम्वाङले कसलाई सभामुख बनाउने भन्ने निर्णय दुई अध्यक्षले नै गर्ने भन्दै पन्छिए। मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा भेटिएका नेम्वाङले हाँस्दै भने, ‘त्यो बारेमा छलफल चलिरहेकै होला। आज भने अरु विषयमा छलफल गर्न मलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएको छ।’

प्रचण्ड निकट अर्का नेताका अनुसार नेम्वाङलाई नै सभामुख बनाउन दुई दलले २०७४ मा चुनावी तालमेल गरेर झण्डै दुई तिहाइ बहुमत आएको उत्साहमा प्रचण्डले वचन दिएका थिए। जुन वचन कार्यान्वयन हुन अवसर आएको उनको भनाइ छ।

त्यस्तै अनुभवी र पार्टीभित्र एकताको सन्देश दिन पनि नेम्वाङ उपयुक्त पात्र भएको ती नेताको जिकिर छ।

गएको असोजमा तत्कालीन सभामुख महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीमात्रि जबरजस्ती करणी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए। संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको र अर्को बैठक ११ गतेका लागि बोलाइएको छ।

उक्त बैठकले सम्भवत पुस १३ गते सभामुखको चुनाव गर्ने गरी कार्यतालिका आउने संसद सचिवालय स्रोतको भनाइ छ। ११ गतेको बैठकअघि नेकपाले निर्णय गर्नेछ।

सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट हुन नहुने संवैधानिक व्यवस्थाका कारण बहालवाल उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा दिनेछिन्। उनले मंगलबार संसद बैठक सुरु हुने बेलासम्म आफूले राजीनामा दिने केही पत्रकारहरुसँग बताएकी छिन्।

मंगलबार उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालले सरकार छाडेसँगै तुम्बाहाम्फे कानुनमन्त्री भन्ने सम्भावना बढेको छ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको