काठमाडौं – पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् ।
उनको नाममा भारत सरकारले जारी गरेको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि नयाँ पत्रिकाले प्राप्त गरेको छ ।
उनीमाथि दोहोरो नागरिकता लिएको सम्बन्धमा छानबिन भइरहेको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।
नयाँ पत्रिकामा प्रकाशित सो समाचारमा भनिएको छ, कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् ।
यो क्याटगोरीको कार्ड भारतीय नागरिकको विशेषाधिकार हो ।
गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् ।