काठमाडौं – काठमाडौं उपत्यकामा १३८ ठाउँमा ट्राफिक बत्ती आवश्यक भए पनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन् ।
सवारी व्यवस्थापनमा मुख्य भूमिका खेल्ने ट्राफिक बत्ती नबल्दा ट्राफिक प्रहरी हातको इसारामा काम गर्न बाध्य छन् ।
सरोकारवाला निकाय भने एकअर्कालाई देखाएर पन्छन् ।
काठमाडौं उपत्यकामा दैनिक १३÷१४ लाख सवारी साधन चल्छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिनुका साथै पैदल यात्रु र सवारी चालकले अनावश्यक हैरानी खेप्नुपरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बत्ती नै बल्न छाडेको जनाएको छ ।
सम्बन्धित स्टेक होल्डरलाई पटकपटक बत्ती व्यवस्थापन गर्न अनुरोध गर्दा पनि बेवास्ता भएको महाशाखा बताउँछ ।
आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।
