यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन्।

यस्ता छन् निर्णय

१. ऋण असुली न्यायाधिकरणको रिक्त बैङ्किङ्ग सदस्य पदमा टोखा नगरपालिका वडा नं. ४, काठमाडौं निवासी श्री नरेशराज अर्याललाई आगामी पाँच वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरिएको छ ।
२. जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका ९ वटा जलविद्युत आयोजना (उत्पादन, प्रसारण, वितरण र विस्तार) का लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ र ४ बमोजिम जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही गर्ने अधिकारी तोक्ने निर्णय गरिएको छ ।
३. गैरकानूनी रूपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका ४ जना इजिप्टका नागरिकहरूको भिसा दस्तुर तथा विलम्ब शुल्क ४६४० अमेरिकी डलर र अधिकतम जरिवाना दुई लाख रूपैयाँसमेत मिनाहा गरी निजहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।
४. राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम श्री जगत बहादुर कार्की लगायत १३ जना व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी आर्थिक सहायता÷क्षतिपूर्तिवापत १२ लाख रूपैयाँ उपलव्ध गराउने निर्णय गरिएको छ ।
५. चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डको सडक सीमा ३१÷३१ मीटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरिएको छ ।
६. २०७६ माघ २२ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको उत्तर प्रदेशस्थित लखनउमा आयोजना हुने 11th Edition of DefExpo India, 2020 मा सहभागी हुन उपरथी रघु भण्डारी र सहसचिव (कानून) यज्ञ प्रसाद भट्टराईलाई स्वीकृति दिने निर्णय गरिएको छ ।
७. मन्त्रिपरिषद्को मिति २०७० साउन २४ गतेको बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि., नारायणचौर, नक्साल, काठमाडौंलाई माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९.२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकोमा मन्त्रिपरिषद्को मिति २०७४ पुस २८ गतेको निर्णयअनुसार मालपोत कार्यालय, रसुवाबाट उक्त वन क्षेत्रमध्ये ११० रोपनी जग्गा मिति २०७४ चैत ३० गते स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा दर्ता कायम भएकोमा वन ऐन, २०७६ को दफा ७ को उपदफा (२) बमोजिम सो जग्गा दर्ता स्वतः बदर हुने भएकोले सो दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने र मन्त्रिपरिषद्को मिति २०७० साउन २४ गतेको निर्णयअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. नारायणचौर, नक्साल, काठमाडौंलाई प्रयोग गर्न दिएको ७९.२७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
८. सांस्कृतिक संस्थानको अध्यक्ष पदमा साविक साब्ला तम्फुला गा.वि.स. वार्ड नं. ४, हाल म्याङलुङ नगरपालिका वडा नं. १० तेह्रथुम निवासी श्री प्रेमनाथ अधिकारीलाई र सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा सिदिङ्वा गाउँपालिका वडा नं. ६, ताप्लेजुङ्ग निवासी श्री अशोक कुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।

९. उपभोक्ता संरक्षण नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
१०. प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड, २०७६ स्वीकृत गरिएको छ ।
११. एक स्वास्थ्य रणनीति, २०७६ स्वीकृत गरिएको छ ।
१२. एकीकृत कानूनी सहायता नीति, २०७६ स्वीकृत गरिएको छ ।
१३. स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।
१४. राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको