बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं – गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक बर्ष  २०७४/०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरेका छन्  ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ.व. २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा गत आर्थिक बर्ष मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

सिफारिस

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनु भएको छ । उर्जा मन्त्रालयमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको आयोजनामा रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर र्‍यालीसहित नारायण चौरमा...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक ३०...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण...

सुनुवार भाषामा नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने...

राजनीतिको गेरु मोडेल र राजसंस्थाको पुनरावलोकन

गेरु सँग 'प्रेम' पनि छ ,डर पनि छ ।...

१५औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल सम्पन्न, बागमती प्रदेश प्रथम

काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न...

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व...

धेरै पढिएको