बाहिनीपतिलाई सशस्त्रका आईजीपीको यस्तो आयो चेतावनी

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिए कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले मातहतका कुनै पनि सशस्त्र प्रहरी कर्मचारीबाट नीतिविपरीतका कार्य एवं लोभलालचामा परेर कुनै क्रियाकलाप भए ऊसँगै उसको कमान्डरमाथि समेत ‘एक्सन’ लिइने चेतावनी दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनबाट नेपाल सरकार तथा गृह मन्त्रालयबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयमा ‘भिडियो कन्फरेन्स’ मार्फत मातहत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन एवं चेतावनी दिएका हुन् ।

‘आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तपाईंहरूले नियन्त्रणमा राख्दै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तिमा क्रियाशील रहनुहोला,’ बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कतैबाट कुनै अवाञ्छित कार्य हुन पुगे प्रचलित कानुनबमोजिम नियन्त्रण गर्नुस्, हेडक्वार्टर सधैं तपाईंहरूको साथमा रहनेछ ।’

सशस्त्र प्रहरी बल जनचाहनाअनुरूपको कार्यशैली अपनाउँदै नागरिकले महसुस गर्ने ढंगले दायित्व निर्वाहमा सक्रिय रहेको स्पष्ट पार्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलको कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्नेबारे संगठनले लिखित एवं मौखिक आदेशमार्फत स्पष्ट परिसकेकाले परिणाममुखी कार्यसम्पादनमा दत्तचित्त भएर लाग्नसमेत निर्देशन दिए ।
‘हेडक्वार्टरले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाहीबारे समेत अनुगमन गरिरहेको’ स्पष्ट पार्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘त्यस्तो पाइएमा तपाईंहरूमाथि समेत हेडक्वार्टरले एक्सन लिन्छ ।’

सशस्त्रमा सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठ जना बाहिनीपति रहेका थिए ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको