बाहिनीपतिलाई सशस्त्रका आईजीपीको यस्तो आयो चेतावनी

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिए कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले मातहतका कुनै पनि सशस्त्र प्रहरी कर्मचारीबाट नीतिविपरीतका कार्य एवं लोभलालचामा परेर कुनै क्रियाकलाप भए ऊसँगै उसको कमान्डरमाथि समेत ‘एक्सन’ लिइने चेतावनी दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनबाट नेपाल सरकार तथा गृह मन्त्रालयबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयमा ‘भिडियो कन्फरेन्स’ मार्फत मातहत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन एवं चेतावनी दिएका हुन् ।

‘आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तपाईंहरूले नियन्त्रणमा राख्दै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तिमा क्रियाशील रहनुहोला,’ बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कतैबाट कुनै अवाञ्छित कार्य हुन पुगे प्रचलित कानुनबमोजिम नियन्त्रण गर्नुस्, हेडक्वार्टर सधैं तपाईंहरूको साथमा रहनेछ ।’

सशस्त्र प्रहरी बल जनचाहनाअनुरूपको कार्यशैली अपनाउँदै नागरिकले महसुस गर्ने ढंगले दायित्व निर्वाहमा सक्रिय रहेको स्पष्ट पार्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलको कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्नेबारे संगठनले लिखित एवं मौखिक आदेशमार्फत स्पष्ट परिसकेकाले परिणाममुखी कार्यसम्पादनमा दत्तचित्त भएर लाग्नसमेत निर्देशन दिए ।
‘हेडक्वार्टरले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाहीबारे समेत अनुगमन गरिरहेको’ स्पष्ट पार्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘त्यस्तो पाइएमा तपाईंहरूमाथि समेत हेडक्वार्टरले एक्सन लिन्छ ।’

सशस्त्रमा सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठ जना बाहिनीपति रहेका थिए ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको