काठमाडौं – प्रदेश सरकारले आगमी माघ १ र २ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश ५ सरकारले माघे संक्रान्तिको अवसरमा २ दिन बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले २९ पुसमा मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराए ।