बोली बचन नम्र, शिष्ट व्यवहार प्रदर्शन गर्न प्रहरी कर्मचारीहरूलाई डिआइजीको निर्देशन

काठमाण्डौ – विमानस्थलको प्रहरी नेपालको प्रतिबिम्ब भएकाले कानुन कार्यान्वयमा निर्दयी र बोली बचन नम्र, शिष्ट व्यवहार प्रदर्शन गर्न र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल क्षेत्र भएकाले सुरक्षाको विषयमा कुनै सम्झौता नगरी गम्भिर भएर लाग्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कर्मचारीहरूलाई निर्देशन दिएका छन्  ।
सोमबार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको निरिक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा वताएका हुन्  ।
कार्यक्रमलाई सम्बोधन गर्दै  पोखरेलले नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष २०२०” मा नेपाल भित्रने र बाहिरिने पाहुनाहरूको उलेख्य रूपमा वृद्धी हुने र उनिहरूको पहिलो दृष्टि विमानस्थलमा खटिने कर्मचारीहरू मध्ये नेपाल प्रहरीमा पर्ने हुनाले, बोली बचन, आचरण व्यवहारमा नम्रता र कानून कार्यान्वयनमा निर्दयिता अपनाउन निर्देशन दिए ।

प्रहरीको एउटा सानो कमजोरीले ठुलो दुर्घटना हुन सक्ने भएकोले त्यस तर्फ विशेष सतर्क रहन आग्रह गरे । विमानस्थलमा खटिने एक कर्मचारीको गल्तीले समग्र संगठन वेला वेलामा बदनाम हुदै आएको भन्दै कुनै लोभ लालचमा नपरी आर्थिक अनियमितता नगर्न निर्देशन दिए । कानूनले निषेधित गरेका कुराहरू डिउटीमा खटिएको कुनै पनी कर्मचारीले रोक्ने अधिकार भएकाले आफ्नो मान्छे हो भनी छाड्न कोहि कसैले दवाव दिएमा त्यस्तालाई कारवाही गर्ने चेतावनी दिए ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको