रेखा थापाकै पथमा पूजा शर्मा, जोसँग जोडियो उहीसँग लफडा !

पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्काे लफडै लफडापश्चात् छुट्टिए।

आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन।

प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द। अहिले रेखाको ट्र्याक समाउँदै छिन् पूजा शर्मा।

रेखाको झैं उनको समबन्ध जोसँग जोडियो त्यहीं लफडा पर्न थालेको छ। यस्तै कारण होला, अस्ति शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कामना अवार्डमा पूजा एक्लै देखिइन्। रेखाको झैं पूजाको पनि सँगै काम गरेका नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठसँग सम्बन्धि चिसिएको चर्चा सिनेवृत्तमा व्याप्त छ। प्रदीपसँग पानी बाराबरको स्थिति छ। यो खबर आज बुधबारको जनआस्थाले छापेको छ।

पछिल्लो समय फिल्ममा कम र म्युजिक भिडियोमा बढी देखिन थालेका छन्, राजेश हमाल। शनिबार उनै हमाल कामना अवार्डमा देखिए। रमाइलोचाहिँ जुन रोमा उनी थिए, त्यहीं उनीसँगै आएर बसिदिए भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, धीरेन शाक्यहरू। त्यहाँ राजेश र भुवन तारन्तार कानेखुसी गरिरहेका देखिन्थे। तर कार्यक्रम अवधिभर राजेश र धीरेनबीच बोलचाल भएको पाइएन। एक दशकअघिदेखिको शीतयुद्धको तुष कतिसम्म रहेछ भने एक समयका चर्चित यी दुई नायक एकले अर्काेको अनुहारसम्म हेर्न चाहन्न।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको