प्रधानमन्त्री ओली पूर्व राजा ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।

सरकार नागरिकका अधिकार संकुचन गर्न सक्रिय रहेको आरोप लगाउँदै संघले जनअधिकारलाई कुण्ठीत गर्ने कानुनहरू फिर्ता लिन आग्रह गरेको हो ।केपी ओली नेतृत्वको वर्तमान सरकार राज्यका सम्पत्ति व्यक्तिलाई पोस्न लागिपरेको आरोप लगाउँदै संघले बिहीबार राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा सूचना प्रविधि विधेयकमार्फत नागरिकलाई सरकारविरुद्ध बोल्न पनि प्रतिबन्ध लगाउन खोजेको धारणा राखेका छन्।

सरकारविरुद्ध आक्रमक देखिएका संघका नेता तथा कार्यकर्ताले नेपाल ट्रस्ट, बालुवाटारको जग्गा निकटहरूलाई दिएको पनि आरोप लगाएका छन्।

‘यति यति पानी, बालुवाटारकी रानी, नेपाल ट्रष्ट खानी, त्यति लेख्यो भने ५ वर्ष जेल जानी,’ जस्ता प्लेकार्ड बोकेर सरकारी कदमको विरोधमा आयोजना गरेको संघको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगनकुमार थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए।

निर्वाचनबाट आएको सरकार जनतका अधिकार खोस्न उद्धत रहेको आरोप लगाउँदै तीनैजना सदस्यले सूचना प्रविधिसम्बन्धी पछिल्लो विधेयकले जनताको मुख थुन्न खोजेको जिकिर गरे। विधेयकको दफादफामा आफूहरू छलफल गर्न तयार रहेको धारणा राख्दै बोल्ने र लेख्नेलाई मार्ने व्यवस्था राख्न खोजेको हो भनेर सरकारसँग प्रश्न गरेका छन्।

सरकारको कदमले लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाएको भन्दै केन्द्रीय सदस्य जोशीले भने, ‘यो सरकार नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक अधिकार खोस्न लागिपरेको छ। त्यहीअन्र्तगत जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्नेगरी विधेयक ल्याइएका छन्।’

जनताको अधिकारमाथि धावा बोल्नेहरू विगतमा पतन भएको इतिहास ताजै रहेको स्मरण गराउँदै जोशीले भने, ‘नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्ने प्रयत्न धेरैले गरे। आजसम्म कोही सफल हुन सकेका छैनन्। जसले जनताको लोकतान्त्रिक अधिकार खोस्ने दुस्साहस ग¥यो त्यो भष्म हुन्छ भन्ने कुरा विगतको ज्ञानेन्द्र र महेन्द्रको हामीले देखेका छौं।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको