यस्तो छ आजको मौसम : कतै वर्षा, कतै हिमपात

काठमाडौँ – देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो नै रहने साथै सुदुर पश्चिमका उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने मौसमविदले बताए । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध पनि गरेको छ  ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९।.७ डिग्री सेल्सियस मापन भएको थियो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २९ गते (मंगलबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली  रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  देखि मध्यम  हिमपात हुने सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः  पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।

माघ २ गते (बिहिबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा आंशिक बदली रहनेछ।पश्चिमी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा संगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको