भारतविरुद्ध अस्ट्रेलियाको शानदार जीत, भारत १० विकेटले पराजित

काठमाडौं- भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा ग¥यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र आरोन फिन्चले शतकीय पारि खेले । दुवै जना खेलाडीले शतक बनाउँदा भारतका कुनै पनि बलर हावी हुन सकेनन् । वार्नरले ६ रन बनाउँदा जीवन दान पाएका थिए । आउट भएका त्यतिबेला ‘रिभ्यू’ बाट उनी जोगिएका थिए । त्यसपछि आक्रामक पारि खेल्दै शतक नै बनाए । वार्नर १२८ तथा फिन्च ११० रनमा नट आउट रहे ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईकाबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टोन अगरले आउट गरेका थिए । तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई पेट कम्युनले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए । कप्तान विराट कोहली भने १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भएका थिए । श्रियस एय्यर भने ४ रन बनाए आउट भए । ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौं विकेटको रुपमा आउट हुँदा त्यस लगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए ।

कुलदीप यादव १७ रनमा रन आउट हुँदा सार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिँदा पेट कमिन्स र केन रिचर्डसनले दुई दुई विकेट लिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको