आज माघे संक्रान्ति पर्व, स्नान, दान धार्मिक कार्य गरी मनाइदै

आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ ।

आजदेखि ६ महिनासम्म यूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ । माघे संक्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आजको दिन विशेष गरी देवघाट, वराहक्षेत्र, रिडी, कन्काई लगायतका स्थानहरुमा ठूलो मेला लागेको छ ।

स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने चलन छ ।
आज थारु बहुल क्षेत्रमा माघी पर्वको छुट्टै चहलपहल बढेको छ । पश्चिमी तराईका बाँके बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा बसोबास गर्ने थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको आज बिहानैदेखि चहलपहल सुरु भएको छ ।

माघे सङ्क्रान्तिको अघिल्लो दिन सुरु भई ३ दिनसम्म मनाइने माघी पर्वका बेला थारु समुदायमा गाउँको मूलघरमा भेला भई खानपिन गरी रमाइलो गर्ने चलन छ । माघीलाई थारुसमुदायले आफ्नो घर सल्लाह गर्ने पर्वका रुपमा समेत मनाउने गर्दछन् । माघीमा दाजुभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्नेजस्ता कुराको छलफल हुन्छ । थारु समुदायले माघीमा गाउँको अगुवा (महतवा) समेत परिवर्तन गर्ने गर्दछन् ।

यसैबीच नेपालका मगर जातिले पनि माघे संक्रान्तिलाई मुख्य पर्वको रुपमा धुमधामसँग मनाउने चलन छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् ।
यसैगरी सिन्धुलीको कमलामाई स्थान, काभ्रेको त्रिवेणीघाट पनौती र दोलालघाटमा माघी नुहाउने भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ । यस्तै चितवनको देवघाट, पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा पनि मेला लागेको छ ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको