परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन् ।
मंगलबार गुल्मीमा मन्त्री ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेकोले विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका हुन् ।
कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको उनले स्पष्ट पारे । मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कसैले पनि गर्न नहुने चेतावनी दिए ।