सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिने नेपाल आर्मीको प्रयास असफल भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको छैठौ चरणको अन्तिम खेलमा संकटाले नेपाल आर्मीलाई एक एक गोलको बराबरीमा रोकेपछि आर्मी लिग तालिकाको दोश्रो स्थानमै बस्न बाध्य बनेको छ ।
नवयुग श्रेष्ठले पहिलो हाफको २९ औं मिनटमा गरेको गोलको अग्रता जोगाउन नसक्दा आर्मीले संकटासँगको खेल बराबरीमा टुङग्याएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोश्रो हाफको ५२ औं मिनटमा युद्ध शाही दोहोरो यल्लो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्मी दश खेलाडीमा सिमित बन्न पुगेको थियो । यसको दुई मिनट लगतै आर्मीका सुमन अर्यालले डि बक्सभित्र हातले बल रोकेपछि संकटाले पेनल्टीको अवसर प्राप्त गर्यो ।
उक्त पेनल्टीलाई संकटाका अमित तामाङले गोल फ्रेमको दाहिने च्याप्दै सुन्दर गोल मार्फत बराबरी गरे । यसपछिको बाँकी समयमा आर्मीले खेलमा फर्कने थुप्रै अवसर प्राप्त गरेपनि गोलमा परिणत नहँुदा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै आर्मीको ६ खेलबाट १३ अंक भएको छ । ८ अंक सहित संकटा भने लिगको आठांै स्थानमा छ ।
छैठौ चरणको खेल सकिदा मच्छिन्द« १३ अंकसहित शिर्ष स्थानमा छ भने १२ अंक रहेको मनाङ मस्र्याङदी तेश्रो तथा १० अंकसहित थ्री स्टार चौथो स्थानमा छ । लिग अन्तर्गत सातौं चराणका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् ।