मौलिक लोक बाजा प्रशिक्षण सम्पन्न, १३५ जना बढी युवाले लिए लाभ

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोक बाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दुई हप्तामा सात वटा लोक बाजाबारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणको दौरानमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजाबारे प्रशिक्षण लिने अवसर पाएका थिए ।

च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमादीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए ।

यस कार्यलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसंग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरतालबोल स्वर लिपिमा लेखन अभ्यास गराइएको थियो ।

संगीत संयोजनबारे जानकारी, सामुहिक बादन विधि तथा अभ्यास, व्यवसायिक बाद्यबादक बन्न हुनु पर्ने पूर्वाधार ज्ञान, अन्य बाजाहरुसंग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शन, आधुनिक प्रविधि तथा रेकर्डिङबारे जानकारी, वरिष्ठ संगीत विज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरि कार्यक्रम संचालन गरिएको प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले बताए ।

यसै अवसरमा पुस ३० गते राष्ट्रिय नाचघर जमलमा साङ्गीतिक प्रस्तुति सहित प्रशिक्षण समापन कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आ–आफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनु पर्ने बताए ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसंग जोड्न, लोक सङ्गीतको स्वर लिपि तयार गरी, त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथामादलको प्रशिक्षण सञ्चालन हुने जानकारी गराए ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको