म्यानुअल थेरापी सेन्टरले ५०० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने

हाड जोर्नी तथा नशा सम्बन्धी विशेष उपचार केन्द्र एबम् नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले मिती यहि २०७६ माघ ११ गते शनिबार आफ्नो वार्षिक उत्सबको अवसर पारेर नि :शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने जनाएको छ।

नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, छाला तथा यौन रोग बिशेषज्ञ लगायतको समुहबाट सन्चालन हुने यस निशुल्क शिविरमा हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झम्झमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, ढाड दुख्ने,कम्मर दुख्ने, घुढा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, बाथ, पाता पोल्ने, घुडा फेर्नु पर्ने, मेरुदण्डको हड्डी सरेको, रिङ्गटा लाग्ने, बेहोस हुने, घाटी दुखेको, बालमस्तिक पक्षघात , सवारी दुर्घटनाको कारण भएको हड्डी सम्बन्धी समस्या, अप्रेसन वा प्लास्टर पछि  भएको हड्डी सम्बन्धी समस्या वा कुनै पनि हाडजोर्नी तथा नसा रोग सम्बन्धी समस्याहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिने यस सेन्टरका अध्यक्ष एबम् बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. किशोरलाल श्रेष्ठले बताउनुभयो।

यस सेन्टरका ब्यवस्थापक नबिन खरेलले बताउनु भयो “हजारौं हाम्रा सेवाग्राहिको अनुरोधलाइ मध्यनजर गर्दै नि:शुल्क स्वास्थ शिविर राखेका छौं। र, हामीले यस शिविरबाट कम्तिमा ५०० बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने अपेक्षा राखेका छौं।”

साथै यस सेन्टरले नि:शुल्क स्वास्थ्य शिविरको समयमा रु ५०० बराबरको नि:शुल्क न्युरोप्याथी टेस्ट र रगत परीक्षणमा विशेष छुटको ब्यवस्था गरीएको छ प्रशासनको भनाई छ।

“बिरामी ले आफ्नो शरीरको स्वास्थ्य अवस्था के छ भनेर वा आफुलाई कुनै समस्या छ भने सही निदान गर्ने अवसर प्राप्त भएको छ, अत: यो मौकाको फाईदा उठाउन सबैमा अनुरोध गर्दछौं” डा. श्रेष्ठले थप्नु भयो।

शिविरमा आउनको लागि नाम अहिलेबाटै दर्ता गर्न सुरु गरिएको प्रशासनको भनाइ छ ।

ब्यवस्थापक नबिन खरेल भन्नु हुन्छ :- “यो हप्ता भरी (आईतवार देखी शुक्रबार सम्म) नाम दर्ता गरिने र  ५०० जना भन्दा बढीको नाम दर्ता गर्न सकिदैन । यसकारण नि:शुल्क स्वास्थ्य परीक्षण गर्नु छ भने हाम्रो कार्यालयको संपर्क नम्बर ०१- ५१८८०६७ वा ०१- ४६२२०३३ मा फोन गरेर नाम दर्ता गर्न अनुरोध गर्दछौ ।”

 

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको