मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुने, महाशाखाले गर्यो यस्तो अनुरोध

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

आज वर्षा र हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

त्यस्तै सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बान्की प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको