यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कतै वर्षा कतै हिमपात

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज देशका पूर्वी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध समेत गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ६ गते (सोमबार) 

दिउँसो : पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

 

रातीः  देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ७ गते (मंगलबार) 

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार) 

दिउँसो :  पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

रातीः  पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको