निर्वाचनको मौन अवधि आजबाट सुरु, के–के गर्न पाइँदैन ?

काठमाडौं – माघ १२ मा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ ।

निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको