शिक्षक बढुवाको लागि खुल्यो विज्ञापन, यसरी दिनुहोस् अनलाइन दरखास्त

विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ । शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।

आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने भएकाले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/ बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्नुपर्नेछ ।

आयोगले यस भन्दा अगाडि माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहको खुला विज्ञान गरिसकेको छ । शिक्षक बढुवाको आवेदन फाराम पनि म्यानुअल नभई अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ । जसमा आन्तरीक प्रतियोगितात्मक परीक्षा २५ प्रतिशतक० अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ, भने कार्यसम्पादन मुल्याङकन ७५ प्रतिशत को फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

यसरी बढुवाको विज्ञापन गर्दा ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगात्मक परीक्षा गर्ने गरी आयोगले काम अगाडी बढाएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार यस सवालमा यस भन्दा अगाडी नियमावलीको १० औं संशोधन हुँदा खुला र बढुवा प्रतियोगिता समान हुनेछ भनेर उल्लेख गरिएकोमा अब ११ औं संशोधनले त्यसलाई छुट्टाछुट्टै गर्ने व्यवस्था गरेको छ।

आयोगले कार्यसम्पादन मुल्याङकन ७५ प्रतिशत तर्फ २ हजार ६ सय २२ जनाको र आन्तिरीक प्रतियोगात्मक परीक्षा २५ प्रतिशत०तर्फ ८ सय ६९ जनाको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले शिक्षक पदको अनलाइन दरखास्त फाराम माघ १२ गतेदेखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १९ गतेसम्म देब्बर दस्तुरमा दरखास्त फाराम भर्ने म्याद तोकेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरी माघ ८ गते सकिसकेको र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरेको छ ।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको