शिक्षक बढुवाको लागि खुल्यो विज्ञापन, यसरी दिनुहोस् अनलाइन दरखास्त

विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ । शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।

आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने भएकाले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/ बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्नुपर्नेछ ।

आयोगले यस भन्दा अगाडि माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहको खुला विज्ञान गरिसकेको छ । शिक्षक बढुवाको आवेदन फाराम पनि म्यानुअल नभई अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ । जसमा आन्तरीक प्रतियोगितात्मक परीक्षा २५ प्रतिशतक० अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ, भने कार्यसम्पादन मुल्याङकन ७५ प्रतिशत को फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

यसरी बढुवाको विज्ञापन गर्दा ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगात्मक परीक्षा गर्ने गरी आयोगले काम अगाडी बढाएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार यस सवालमा यस भन्दा अगाडी नियमावलीको १० औं संशोधन हुँदा खुला र बढुवा प्रतियोगिता समान हुनेछ भनेर उल्लेख गरिएकोमा अब ११ औं संशोधनले त्यसलाई छुट्टाछुट्टै गर्ने व्यवस्था गरेको छ।

आयोगले कार्यसम्पादन मुल्याङकन ७५ प्रतिशत तर्फ २ हजार ६ सय २२ जनाको र आन्तिरीक प्रतियोगात्मक परीक्षा २५ प्रतिशत०तर्फ ८ सय ६९ जनाको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले शिक्षक पदको अनलाइन दरखास्त फाराम माघ १२ गतेदेखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १९ गतेसम्म देब्बर दस्तुरमा दरखास्त फाराम भर्ने म्याद तोकेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरी माघ ८ गते सकिसकेको र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरेको छ ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको