नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर –  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन हुँदै आएको पुलुकिसी नाच नेवाः समुदायको मौलिक सांस्कृतिक पहिचानको महत्वपूर्ण अङ्ग मानिन्छ।

श्री स्वस्थानी व्रतकथामा आधारित यो नाच परम्पराअनुसार धार्मिक विधिविधानसहित सञ्चालन गरिएको थियो। नाच सुरु हुनुअघि नगदेशको लाछीस्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान माधव नारायणलाई विराजमान गराई नवराजद्वारा पूजा सम्पन्न गरिएको थियो। त्यसपछि किसी (हात्ती) मा सवार गराई नगर परिक्रमा गर्दै पुलुकिसी नाच प्रस्तुत गरिएको थियो।

यस वर्ष नाचका मुख्य कलाकार जेनिस बाडे रहेका थिए। त्यसैगरी नागचाःको भूमिकामा श्रीजल बाडे तथा सहेली द्वयमा चार्भी बाडे र दीप्सा उपले सहभागिता जनाएका थिए।

यसै अवसरमा स्वर्गीय जगत नरसिंह बाडे स्मृति लाइफ एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ। नाचको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै भजन गुरु तुल्सीभक्त घजु र नाच गुरु आशाबहादुर उपलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको