माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं – ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।

महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित सञ्चालन गरिनेछ। खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने र नागरिक–सैनिक सम्बन्ध प्रगाढ गर्ने उद्देश्यसहित सन् २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौँ संस्करण हो।

प्रतियोगितामा म्याराथन (४२.१९५ कि.मि.), हाफ म्याराथन (२१ कि.मि.), १० कि.मि. दौड, ५ कि.मि. वाकाथन र ५ कि.मि. दौड समावेश छन्। म्याराथन विधा पुरुष खुला मात्र रहनेछ भने हाफ म्याराथन महिला तथा पुरुष दुवैका लागि खुला हुनेछ।

१० कि.मि. दौडमा सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत कर्मचारी, सैनिक महाविद्यालय तथा अवकाशप्राप्त/सेवारत सैनिकका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी तथा गैरसैनिकका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी सहभागी हुन पाउनेछन्।

५ कि.मि. वाकाथनमा प्रमुख अतिथि तथा आमन्त्रित विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् भने ५ कि.मि. दौडमा सैनिक महाविद्यालयका कक्षा ७–९ मा अध्ययनरत छात्र–छात्रा सहभागी हुनेछन्।

आयोजकका अनुसार प्रतियोगितामा करिब २ हजार ५ सय जनाको सहभागिता रहनेछ। जसमा म्याराथनतर्फ २५०, हाफ म्याराथन ६००, १० कि.मि. दौड ८००, ५ कि.मि. वाकाथन ४५०, ५ कि.मि. दौड १०० तथा अफिसियल ३०० जना रहनेछन्।

खेलाडी दर्ता माघ ११ देखि १८ गतेसम्म निःशुल्क रूपमा हुनेछ। दर्ता अनलाइन उपलब्ध भए पनि फाराम भरेर स्वयं उपस्थित भई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सहभागी खेलाडी तथा पाहुनालाई टिसर्ट र प्याक लन्च उपलब्ध गराइनेछ।

म्याराथन धावकहरूको माघ २३ गते स्वास्थ्य परीक्षण गरिनेछ भने प्रतियोगिताका क्रममा दक्ष मेडिकल जनशक्ति, एम्बुलेन्स, स्कटिङ मोटरसाइकल, बस तथा सुरक्षा व्यवस्था मिलाइनेछ। प्रत्येक २.५ किलोमिटरमा चेकपोइन्ट, वाटरपोइन्ट तथा स्पोन्जिङ पोइन्टको व्यवस्था गरिएको छ।

नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजंग राणाले प्रतियोगिता खुला भएकाले स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाउन सक्ने जानकारी दिए। समय अभावका कारण यस वर्ष विदेशी खेलाडीलाई व्यवस्थित रूपमा समावेश गर्न नसकिएको उल्लेख गर्दै आगामी संस्करणमा यसलाई कार्यान्वयन गरिने बताए।

नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले प्रधानसेनापति खुला म्याराथनले नेपाली एथ्लेटिक्सको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरे।

म्याराथन (४२.१९५ कि.मि.) पुरुष खुला विधामा प्रथम हुनेलाई नगद ३ लाख, द्वितीयलाई २ लाख र तृतीयलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। दशौँ स्थानसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ।

हाफ म्याराथन (२१ कि.मि.) महिला तथा पुरुष खुला विधामा दुवै वर्गका प्रथमले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

१० कि.मि. दौड तथा ५ कि.मि. दौडतर्फ प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यसका अतिरिक्त विशेष पुरस्कारअन्तर्गत ४२.१९५ कि.मि. म्याराथन पुरुष प्रथमलाई एक थान मोटरसाइकल, २१ कि.मि. हाफ म्याराथन पुरुष प्रथमलाई मोटरसाइकल तथा महिला प्रथमलाई स्कुटर प्रदान गरिनेछ।

 

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको