शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ – नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ।

ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको विशेष बैठकले करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको रेडियो अन्नपूर्णका प्रमुख हुनुहुन्छ भने उहाँ अध्यात्मिक पत्रकार समाजका अध्यक्षसमेत हुनुहुन्छ।

बैठकमा मञ्चका पदाधिकारी तथा सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो। बैठकले मञ्चका पूर्व महासचिव राम पौडेल र सदस्य नारायण आचार्यद्वारा स्थापना गरिएका विभिन्न स्मृति पत्रकारिता पुरस्कारहरू प्रत्येक वर्ष मञ्चको वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पत्रकारलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ। पुरस्कार प्राप्तकर्ता मञ्चको छनोट समितिबाट छनोट गरिने व्यवस्था गरिएको छ।

नेपाल पत्रकार मञ्चको स्थापना दिवस चैत ३० गतेका अवसरमा हरेक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको स्थापना गर्नुभएकोमा मञ्चका अध्यक्ष युवराज विद्रोहले दाता राम पौडेल र नारायण आचार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

राम पौडेलले आफ्ना स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशि रु. ५,५५५ रहेको छ।

यसैगरी नारायण आचार्यले आफ्ना स्वर्गीय पिता इन्द्रप्रसाद आचार्य तथा स्वर्गीय माता यानकुमारी आचार्यको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम इन्द्रप्रसाद–यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशि रु. ११,१११ रहेको छ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको