शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ – नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ।

ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको विशेष बैठकले करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको रेडियो अन्नपूर्णका प्रमुख हुनुहुन्छ भने उहाँ अध्यात्मिक पत्रकार समाजका अध्यक्षसमेत हुनुहुन्छ।

बैठकमा मञ्चका पदाधिकारी तथा सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो। बैठकले मञ्चका पूर्व महासचिव राम पौडेल र सदस्य नारायण आचार्यद्वारा स्थापना गरिएका विभिन्न स्मृति पत्रकारिता पुरस्कारहरू प्रत्येक वर्ष मञ्चको वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पत्रकारलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ। पुरस्कार प्राप्तकर्ता मञ्चको छनोट समितिबाट छनोट गरिने व्यवस्था गरिएको छ।

नेपाल पत्रकार मञ्चको स्थापना दिवस चैत ३० गतेका अवसरमा हरेक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको स्थापना गर्नुभएकोमा मञ्चका अध्यक्ष युवराज विद्रोहले दाता राम पौडेल र नारायण आचार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

राम पौडेलले आफ्ना स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशि रु. ५,५५५ रहेको छ।

यसैगरी नारायण आचार्यले आफ्ना स्वर्गीय पिता इन्द्रप्रसाद आचार्य तथा स्वर्गीय माता यानकुमारी आचार्यको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम इन्द्रप्रसाद–यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशि रु. ११,१११ रहेको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको