कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएन

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका रुपमा कमजोर भूमिका खेलेको आरोप लाग्दै आएको कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएको छैन ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमतबाट सञ्चालन गर्न खोजेको आरोप लगाउँदै संस्थापन इतर समूहले पार्टीको मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दैआएको छ ।

सुरुमा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट समूह पुस ११ गतेको निर्णयपछि सभापति देउवासँग थप चिढिएको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्नेलगायत निर्णय भएको थिए ।

केन्द्रीय समिति बैठक बहिस्कार र बहुमतबाट निर्णय गर्ने दुबै विषय गलत भन्दै सहमतिमै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णयपछि सभापति देउवासँग रुष्ट बनेका थिए ।

नेता सिटौलाले देउवालाई भेटेर पार्टीमा एकता कायम गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए भने वरिष्ठ नेता पौडेलले जिल्ला सभापति भेला बोलाएर सभापति देउवालाई दबाब दिएका थिए ।

पार्टीभित्र सहमतिका लागि पटक पटक नेताहरुबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन ।

सभापति देउवाले असन्तुष्ट समूहसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् भने पौडेलले नेता प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएका थिए ।

कार्यदलले महाधिवेशन कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ गठन र नेपाल तरुण दलका विषयमा प्याकेजमै सहमति जुटाउन गरेका प्रयासले सार्थकता पाउन नसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको