काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पुनः पक्राउ परेका छन्। नेपाल प्रहरीको विषेश व्युरोले लोहनीलाई चितवनको आदर्शनगरबाट सोमबार साँझ पक्राउ गरेका हो। ब्युरोले लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ ।
पुनः चन्दा उठाउन थालेको सूचना पाएपछि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले लोहनीलाई तत्काल पक्राउ गर्न ब्युरोलाई निर्देशन दिएका थिए। महानिरिक्षक खनालको निर्देशनमा व्युरोले लोहनीलाई पक्राउ गरेको हो।
लोहनी यस अघि पक्राउ परेर छुटेका थिए। उनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा छुटेका थिए। अस्वस्थ रहेको कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।
