एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि झापड हान्ने दीपक मनाङेको धम्की

पोखरा – गण्डकी प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि झापड हान्ने धम्की दिएका छन्।

पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका मनाङेले एन्फा केन्द्रीय अध्यक्षलाई पनि झापड हान्ने धम्की दिएका हुन्।

‘खासमा कर्मालाई खोजेको हो मैले। त्यसलाई झापड हान्न,’ उनले भने, ‘हुन त कर्मा मेरो साथी हो, तर एक झापड नहानी छाड्दिनँ।’

फिफाले कर्मा र मिलनको मुख हेरेर पैसा नदिने भन्दै मनाङेले भने, ‘यिनीहरूको जहान पाल्नलाई पैसा दिएको होइन, सब भ्रष्टाचार गरेर खाए।’

उनले मनाङबाट आएका खेलाडी कहाँ बस्ने, कहाँ खाने, कहाँ खेल्ने? भनेर कुरा गर्दा मिलनले ‘ठूल्ठूलो’ कुरा गरेको बताए। मनाङेले एन्फा कास्कीले मिति परिवर्तन गर्दा खेलाडी पाँच दिन पहिले आउनुपरेको समेत बताए।

‘म पोखरा नभएको भए कहाँ बस्थे होला। छोराछोरीजस्ता बिचराहरू ८ घण्टा हिँडेर आए,’ मनाङेले भने, ‘यिनीहरूले ४ गते गेम भनेपछि २ गते त हिँड्नुपर्‍यो, मलाई के थाहा यिनीहरूले मिति सारेर ७ गते पुर्‍याउँछ भन्ने।’

एन्फा कास्कीले प्रतियोगिताको टाइसिट बनाउँदा एन्फा मनाङका अध्यक्षलाई वास्ता नगरेको र फोन गर्दा समेत नउठाएको बताए। मनाङेले प्रतियोगिता देखेर आफूलाई लाज लागेको बताए।

‘मलाईं तपाई विशेष अतिथि हो। माथि बस्दिन पर्‍यो दाइ पो भन्छ,’ मनाङेले भने, ‘यस्तो घिन लाग्छ। यस्तो भ्रष्टाचारीको पछि लाग्न सकिँदैन।’

मुख्यमन्त्री कप भनेर आयोजना गरेको फुटबल प्रतियोगिता मुख्यमन्त्रीलाई नै थाहा नभएको उनले दाबी गरे। ‘यो पृथ्वीसुब्बा गुरुङको नाममा होइन, मुख्यमन्त्री कप हो,’ उनले भने, ‘भोलि खगराज, कृष्ण जो पनि मुख्यमन्त्री हुन सक्छ, मुख्यमन्त्रीको इज्जत कहाँ रह्यो?’

भण्डारढिक खेलमैदानमा भएको घटनालाई उनले ‘घटना’ मानेनन्। ‘यस्तो नि कहाँ घटना हुन्छ,’ उनले भने, ‘सम्झाएको मात्र हो।’

प्रहरीलाई उजुरी दिन वा अन्य प्रक्रियाबाट जानुपर्ने किन हातपात गरेको भन्दा मनाङेले भने, ‘सांसद मन्त्री पनि पुलिसकहाँ जाने भए किन पुलिस चाहियो?, पुलिस हामीले बनाएको होइन, पुलिसकहाँ जाँदा मेरो बेइज्जत हुँदैन?’

उनले पुलिस सांसदले नै बनाएको भन्दै आफूहरूको काम नीति बनाउने र पुलिसलाई आदेश दिने भएको बताए।

उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिन पनि नसक्ने बताए। ‘उजुरी मेरोमा आउने हो,’ उनले भने, ‘त्यसले खाने, त्यसले लुट्ने, उजुरी पनि त्यसैले हाल्ने?’

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङेलाई तत्कालीन नेकपा एमालेको साथ थियो।

निर्वाचित भएको झण्डै दुई वर्षपछि प्रदेशसभा सदस्यको सपथ लिएका थिए। काठमाडौंको ठमेललाई केन्द्र बनाएर गुण्डा नाइकेको छवि बनाएका मनाङेले सांसदको सपथ लिएपछि भने यस्तो गतिविधिमा नलाग्ने बताएका थिए।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको