एआइजीमा बढुवा भएकी डा. आशा सिंहलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएकी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।

प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने बताइन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको