देशभरका विद्यालय भौतिक रुपमै खोल्न अनुमति दिने

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिए ।

उनले भने, ‘सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ । त्यसैले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ ।’

उनले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीसीको बैठक बसेर निर्णय गरिने बताए । उनका अनुसार कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यस बाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको छ ।

शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिए । उनले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

केन्द्रकोे तथ्यांकअनुसार यो महिनाभित्र करिब ४० लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्नेछन् । खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाखमा अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ । परीक्षा नजिकिँदै जाँदा सबै विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न दिन मन्त्रालय दबाबमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिकसत्र पछि धकेलिन सक्ने बताए । त्यसैले १२ देखि १७ उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उनको तर्क थियो । मन्त्रालयका प्रवक्ता शर्माले सबै विद्यालयमा करिब दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा एसईई, जेठमा कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ । ती परीक्षा तयारीका लागि भए पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्नुपर्ने अभिभावकको राय छ ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब ५० प्रतिशत मात्र कोर्स सकिएको अवस्थामा परीक्षा लिन नहुने तर्क गर्दै भने –‘न्यूनतम शिक्षण सिकाई अर्थात् कक्षा १ सय ८० दिन सञ्चालन नभएसम्म परीक्षा लिनु हुँदैन ।’ उनका अनुसार हालसम्म केही शहरी क्षेत्रमा ७० प्रतिशत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् तर अधिकांश विद्यालयले ३५ प्रतिशतसम्म पनि कोर्स पूरा गर्न सकेका छैनन् । लगातार बन्दका कारण प्रविधिको पहुँच नपुगेको विद्यालयको पठनपाठन नाजुक भएको छ ।

एक महिनादेखि विद्यालय बन्द भएको कारण स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को परीक्षासमेत अन्योल भएको छ । मन्त्रालयले चैतको दोस्रो सातासम्म कक्षा सञ्चालन गरेर अन्तिम साताबाट वार्षिक परीक्षा लिनुपर्ने जनाउँदै सोहीअनुसार तयार गर्न केन्द्रलाई निर्देशन दिएको छ ।

सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा त्यसअघि नै परीक्षा सम्पन्न नगरे शैक्षिकसत्र फेरि अन्योलमा पर्ने देखिएको छ । नेपालसमाचारपत्र दैनिकबाट

सिफारिस

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद...

यस्तो देखियो माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।...

काठमाडौँको बागमती किनारमा देखिए दुर्लभ चरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौँको थापाथलीस्थित बागमती नदी पुल नजिक दुर्लभ...

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु : पहिलो दिन तीन खेलमा क-कसले जित निकाले ?

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता...

धेरै पढिएको