गृह र अर्थ सचिव रिक्त हुँदै, को-को छन् दौडधुपमा

काठमाडौँ – सरकार चार सचिवले अवकाश पाउन लागेपछि सरुवा र बढुवाका लागि दौडधुप सुरु भएको छ । अवकाशसँगै सचिवका लागि सबैभन्दा आकर्षक मन्त्रालय गृह र अर्थ पनि रिक्त हुँदैछ ।

यही माघ २२ गते अर्थसचिव राजन खनाल तथा गृहसचिव प्रेम कुमार राईले अवकाश पाउँदैछन् । दुवै मन्त्रालयमा सचिव बन्न दौडधुप सुरु भएको दुई महिना भइसकेको छ ।

गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपानेहरु दौडधुपमा छन् । गृह सचिव प्रहरीको बढुवा समितिमा हुने र सुराकी खर्च समेत पाउने भएकाले बढी दौडधुप हुने गरेको छ ।
अर्थ मन्त्रालयमा भने हालका राजस्व सचिव शिशिरकुमार ढुंगानाले नै जिम्मेवारी पाउने सम्भावना छ । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल दौडधूपमा छन् ।

सचिवद्वारा राई र खनालसँगै नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पाँच वर्षे अवधि सकिएर सेवानिवृत्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर भने सेवानिवृत्त भइसकेका छन् । त्यसपछि सचिवका पाँच पद रिक्त हुँदैछन् ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको