कोरोनाभाइरस बारेमा जान्नै पर्ने यी कुराहरु

१; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै: – यस्तो virus आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि mask लगाएर हिड्ने; घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने वा alcohol sanitizer प्रयोग गर्ने; भिडभाडमा नजाने; बृद्ध, रोगी, बालबच्चा र गर्भवतीलाई अति आवश्यक नपरी घर बाहिर ननिकाल्ने; मिल्दासम्म बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्ने र washing machine मा धुने अनि ति कपडा नधोई अरुलाई छुन नदिने; राम्रो diet गर्ने; अरुलाई नसरोस भनेर आंफुले खोक्दा मुख छोपेर खोक्ने; मिल्छ भने छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने; खाने भाँडाकुँडा आँफै माझेर सुकाउने; निको नहुँदासम्म वा उपचार बिधि नसकिंदासम्म छुट्टै बस्ने।

२; आँफुलाई रुघाखोकी सुरु भएको र सामान्य रुघाखोकीले भन्दा ज्यादा गलाएको महसुस हुने बित्तिकै आँफु नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा phone गरेर मात्र जाने। जाँदा mask लगाएर जाने।

३; प्राय (अधिकतम case मा, संसारभर नै) मानिस-मानिस बीच सर्ने virus ले (हजारौं बर्षसम्म मानबले त्यस बिरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेको कारण) स्वस्थ व्यक्तिको ज्यान लिंदैन तर अहिले फैलिएको coronavirus पुरानै class को virus ले आफ्नै genetic component परिवर्तन गरेर नयाँ जात (strain) बनाएको अवस्था हो। यो virus (Coronavirus 2019-nCoV) को औषधि उपचार छैन। यसले पार्ने असर कम गर्न मात्र सकिन्छ।

४; नेपालको case मा यदि काठमाडौँमा यो virus एउटा मानिसबाट अर्को ३-४ जनामा सर्यो भने यसलाई रोकथाम गर्न (नेपाल सरकारले केहि समय अघिको dengue लाई रोक्न देखाएको सक्रियतालाई आधार मान्दा) यो नेपालले थेग्न सक्दैन। त्रिभुवन विमानस्थलमा बाहिरबाट आउनेको 24 hrs health चेकजांच गर्ने ठाउं हेर्दा र सक्रियता हेर्दा उदेक लाग्दो छ।

५; Coronavirus (2019-nCoV) बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकि छ त्यसैले थप information आउने बित्तिकै अर्को पोस्ट update गर्नेछु। डा. कल्याण सुवेदीको फेसबुकबाट

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको