दुई सीडीओको सरुवा

सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार सोलुखुम्बुमा अनिल खनाल सीडीओ बनेर गएका छन् भने सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरेको छ।

ताप्लेजुङमा महेश पोखरेललाई सीडीओ बनाएर पठाइएको छ। यसअघि पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी थिए।

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। शुक्रबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३ वटा जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन गरेका हुन्।

प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख फेर्न ६ जनाको काज सरुवा गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत ईश्वर कार्कीलाई कार्य विभागमा सरुवा गर्दै बर्दियाको जिम्मा अख्तियारमा कार्यरत बिरेन्द्र शाहीलाई दिइएको छ।

चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ। चितवनमा नवराज अधिकारीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा ल्याइएको छ भने महाशाखामा कार्यरत कृष्ण पंगेनीले महोत्तरी प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको