स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं – स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी राष्ट्रिय खेलाडी सबिता राना मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा हाल सशस्त्र प्रहरी बल (एपीएफ) का मुख्य प्रशिक्षक जिबेसकुमार पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताको औपचारिक सुरुवात स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जनले खेलको बल रेफ्रीलाई हस्तान्तरण गरेपछि भएको थियो।

प्रतियोगितामा यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्स गरी चार विधामा विभिन्न विद्यालयका युवा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक खेलको अनुभव हासिल गर्न, आफ्नो प्रतिभा प्रदर्शन गर्न तथा अनुशासन, आत्मविश्वास र टिमवर्क विकास गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

उद्घाटन खेलमा स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुल र रोजबड स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा स्वस्तिश्रीले रोजबडलाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

त्यस्तै, अन्य प्रारम्भिक खेलमा रातो बंगला, पाठशाला नेपाल, जेभियर इन्टरन्यासनल, जेम्स, काष्ठमण्डप, राई स्कुल, ग्यालेक्सी स्कुल, हिमशिखर स्कुललगायतका विद्यालयका टोलीले प्रतिस्पर्धा गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सबिता राना मगरले पछिल्लो समय बालबालिकाले प्रतिस्पर्धात्मक फुटबल खेल्ने अवसर बढ्दै जानु नेपाली फुटबलको भविष्यका लागि सकारात्मक रहेको बताउनुभयो। उहाँले युवा खेलाडीलाई खेल्ने तथा आफ्नो प्रतिभा विकास गर्ने अवसर प्रदान गरेकोमा स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलप्रति आभार व्यक्त गर्नुभयो।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता आगामी मंगलबार समापन हुनेछ। प्रतियोगिताले युवा खेलाडीबीच प्रतिस्पर्धा, खेल भावना, अनुशासन, सहकार्य र फुटबलप्रतिको उत्साह अभिवृद्धि गर्दै नेपाली फुटबलको भावी पुस्तालाई प्रोत्साहन गर्ने अपेक्षा आयोजक विद्यालयले गरेको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको