पूर्व सांसद तथा काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति कार्कीको निधन

काठमाडौँ – पूर्व सांसद तथा नेपाली काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । लामो समयदेखि मृगौलाको  डायलायसिस गर्दै आउनु भएका कार्कीको गएराती  उपचारका क्रममा काठमाडौमा निधन भएको नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिले जानकारी दिएको हो  ।

उहाँ २०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति हुनुभएको थियो । त्यस अघि उहाँ राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने ताहूँमा स्थायी घर भएका कार्की सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित हुनुहुन्थ्यो ।

सिफारिस

यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ। जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँएको छ। चैते दशैंको अवसर...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारमा शपथ लिएका छन् । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार...

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरहरू)

काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ...

नयाँ सांसदहरूको लागि यस्तो बन्यो अस्थायी बैठक कक्ष (तस्वीरहरू)

काठमाडौं - आगामी चैत १२ गते बस्ने नवनिर्वाचित सांसदहरूको...

चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ सहर पुग्दा जे देखे (तस्वीरहरू)

कुनमिङ — चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ पुग्नेबित्तिकै सहरको...

सकियो ‘फन रन २०८२’  (तस्वीरहरू)

ललितपुर — हायर ग्राउन्ड नेपालद्वारा आयोजित ‘फन रन २०८२’...

धेरै पढिएको