भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी के होला ?

प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश भएन। संघीय संसद सचिवालयले मंगलबार निकालेको सम्भावित कार्यसूचीमा एमसीसी नपरेको हो।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सम्भावित कार्यसूचीमा विभिन्न दुई विषय समावेश गरिएका छन्। जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने पहिलो कार्यसूची रहेको छ।

त्यस्तै दोस्रो कार्यसूचीमा सभामुख अग्नि सापकोटालले विभिन्न शोक प्रस्तावहरु प्रस्तुत गर्ने गौतमले बताएका छन्। तर दलहरुबीच सहमति भइनसकेकाले सम्भावित कार्यसूचीमा एमसीसीलाई नराखिएको हो।

त्यस्तै सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ।

एमसीसीसहितका विषयमा छलफल गर्न बुधबार बिहान माओवादी केन्द्रको संसदीय दल बैठक बस्दैछ। कांग्रेस संसदीय दलको मंगलबारको बैठकले एमसीसी संसदमा लैजाने निर्णय लिइसकेको छ।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको