काठमाडौं – महान बास्केटबल खेलाडी कोबे ब्रायन्ट, उनकी छोरीसहित ९ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनामा बास्केटबल खेलाडी कोबेसहित ९ जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोबे र उनकी छोरीबाहेक हेलिकोप्टरमा अरु को को थिए भन्ने खुलिसकेको छैन ।
हेलिकोप्टर अस्वाभाविक रुपले खस्दै गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । बाक्लो हुस्सुका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।