चलचित्र ‘अटिजम’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र जगत्मा बनिरहेको भन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को पहिलो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सिरी सिरी हावा चल्यो बोलको रोमान्टिक गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको गीतको भिडियोमा प्रतिक शर्मा र सृष्टी आचार्य लगायतले अभिनय गरेका छन् । संगीतकार केशव रेग्मी (सान्दाइ) को संगीत रहेको गीतमा सोफी मल्लको शब्दमा गायिका नलिना चित्रकारले आवाज दिएकी छिन् ।

अटिजम लागेका बालक सम्मान आचार्यको जन्म दिन पारेर गीतको भिडियो खुल्ला सञ्चारमा एक कार्यक्रम गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । केशव रेग्मी (सान्दाइ) सम्पादक रहेको चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।

अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र अटिजममा प्रतिक र सृष्टी अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए ।

अटिजम एउटा रोग नभएर अवस्था भएकाले यो मानसिक तथा शारिरिक रुपमा अटिजम भएका सम्पुर्णको कथा रहेको कलाकार बिक्रम श्रेष्ठ सागरले बताए । चलचित्र निर्माणमा नयाँ टीम भएकाले धेरै चुनौतीहरु भेग्नुपरेको संगीतकार तथा चलचित्रका निर्देशक । केशव रेग्मी सान्दाइले अनुभव सुनाए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको