अवकाश प्राप्त सैनिकलाई प्रधानसेनापति थापाले दिए यस्तो निर्देशन

काठमाडौं – भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा दाङ्ग जिल्लाको घोराही व्यारेकमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन आइतबार एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख दुःखको अनुभवहरु साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई समायानुकुल सुधारको लागी थप राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरिएको बताएका थिए ।

प्रधानसेनापति  थापाले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याउनु भएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताएका छन्  । साथै, सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अधिकतम संख्यामा बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरुलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरुको नेपाल सरकारसँग समन्वय र स्वीकृति  लिई अगाडि बढाइने नीति लिएको बताएका छन्  ।

“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार” भन्‍ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा सल्यान, दाङ्ग, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागिता रहेको थियो । सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए।

कार्यक्रम पश्चात प्रधानसेनापति महारथी थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए  ।

 

नेपाली सेनाको व्यवस्थापन र नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा ६  जिल्लाका ९१२  जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तिनका परिवार र गैरसैनिक व्यक्तिहरु समेत गरी करीब ८८४  जनालाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि  समेत वितरण गरिएको थियो ।

 

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो भने फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ६  जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

 

उक्त सम्मेलनमा नेपाली सेनाका रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रक्षा मन्त्रालयका प्रतिनिधि,  जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरु एकै स्थानमा भेला भई आपसी सद्‍भाव र भाईचारा बढ्ने तथा प्राप्त महत्वपूर्ण राय–सुझावहरुले आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूलाई थप सेवामुखी र सहज बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको