काठमाडौँ — कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ ।
नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले उनीहरुमाथि छानबिन गर्न आग्रह गरेको हो। विभागले ईपीएस परीक्षा उत्तिर्ण ५९ जनाको पासपोर्ट महाशाखालाई छानबिनका लागि पत्रचार गरेको हो।
महाशाखाले परीक्षा सञ्चालनकै क्रममा १० जनालाई पक्राउ गरेको थियो।