यस्तो छ आगामी तीन दिनको मौसम,वर्षादेखि हिमपातसम्म

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मध्यम वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा सामान्यदेखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ  ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपातको साथै पहाडी भू-भागका तथा तराई भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेका कारण सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १५ गते (बुधबार)

दिउँसो : देशको पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ ।

पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।

रातीः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको