काठमाडौं – नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ ।
त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन् । नेविसंघका तर्फबाट निर्वाचित नेतृको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् ।
काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र आयुष रहेका छन् ।
श्रीमान् र दुई छोरा हाल अष्ट्रियामै छन् ।
अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।
स्ववियूमा रहेका बेला पार्वती एक इमान्दर विद्यार्थी नेतृ भएको त्यसबेलाका स्ववियू सचिव योगराज कँडेलले स्मरण गर्छन् ।
“उनलाई मैले चिन्दा असाध्यै मेहनती, राजनीतिक परिपक्वता पाएको थिएँ,” कँडेलले भने, “राजनीतिक परिवारबाट आएको हुनाले पनि उनमा त्यो स्वभाव थियो ।”
उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पु¥याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गर्छन् ।
