आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजाआरधाना गरी मनाइँदै

आज श्रीपञ्चमी पर्व । सरस्वतीमन्दिर, विद्यालय ,शैक्षिक प्रतिष्ठान तथा साधना केन्द्रहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा आराधना गरिंदैछ । विद्यार्जन,गायन,भाषणकला,कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले आज भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।

माघ शुक्लपक्षको पञ्चमी तिथिलाई विद्याकी देवी सरस्वतीको जन्म दिन मानेर उनको पूजाआजा गर्ने चलन छ । देवी सरस्वतीलाई वाणीकी देवी वाग्देवी वा वागीश्वरी,कलाकी देवी भारती,शब्द र संगीतकी देवी शारदा भनेर पनि सम्बोधन गरिन्छ । सरस्वतीको जन्मदिनलाई सरस्वती पूजा, विद्याश्रीले सम्पन्न दिन मानेर श्रीपञ्चमी, यसै दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिने हुँदा वसन्तपञ्चमी पनि भन्ने गरिन्छ । नीरक्षीर छुट्टयाउन सक्ने पक्षी हाँसमा चढेकी सेतो वस्त्र पहिरेकी माता सरस्वती हातमा वीणा, पुस्तक स्फटिकको अक्षमाला र कमल लिएर अभयमुद्रामा स्थित भएको चित्रण गरिएको छ । पुस्तक, कलम, कुची बाजागाजामा पनि सरस्वतीको वास भएको मानेर पुजाआजा गर्ने चलन छ ।

श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी फूलप्रसाद लिएर नजिकैको सरस्वतीमन्दिरमा गएर माता शारदाको दर्शन र पूजाआजा गर्ने अनि घरमा आई आफ्ना पुस्तककापी कलमको पनि पूजा गर्ने चलन । स साना बालबालिकालाई यसै दिन अक्षरआरम्भ गराइन्छ भने ज्ञान र कलाका साधकहरुले पनि यसै दिनदेखि साधनाको थालनी गर्ने चलन छ । काठमाडौको स्वयम्भूस्थित सरस्वतीमन्दिर, ललितपुरको लेलेमा रहेको नीलसरस्वतीमन्दिर, भक्तपुरको वागीश्वरीमन्दिर तथा नेपालगञ्जस्थित वागीश्वरीमन्दिर लगायतका देशैभरका सरस्वतीमन्दिरमा आज भक्तजनको भीड लागेको छ ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको