आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजाआरधाना गरी मनाइँदै

आज श्रीपञ्चमी पर्व । सरस्वतीमन्दिर, विद्यालय ,शैक्षिक प्रतिष्ठान तथा साधना केन्द्रहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा आराधना गरिंदैछ । विद्यार्जन,गायन,भाषणकला,कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले आज भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।

माघ शुक्लपक्षको पञ्चमी तिथिलाई विद्याकी देवी सरस्वतीको जन्म दिन मानेर उनको पूजाआजा गर्ने चलन छ । देवी सरस्वतीलाई वाणीकी देवी वाग्देवी वा वागीश्वरी,कलाकी देवी भारती,शब्द र संगीतकी देवी शारदा भनेर पनि सम्बोधन गरिन्छ । सरस्वतीको जन्मदिनलाई सरस्वती पूजा, विद्याश्रीले सम्पन्न दिन मानेर श्रीपञ्चमी, यसै दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिने हुँदा वसन्तपञ्चमी पनि भन्ने गरिन्छ । नीरक्षीर छुट्टयाउन सक्ने पक्षी हाँसमा चढेकी सेतो वस्त्र पहिरेकी माता सरस्वती हातमा वीणा, पुस्तक स्फटिकको अक्षमाला र कमल लिएर अभयमुद्रामा स्थित भएको चित्रण गरिएको छ । पुस्तक, कलम, कुची बाजागाजामा पनि सरस्वतीको वास भएको मानेर पुजाआजा गर्ने चलन छ ।

श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी फूलप्रसाद लिएर नजिकैको सरस्वतीमन्दिरमा गएर माता शारदाको दर्शन र पूजाआजा गर्ने अनि घरमा आई आफ्ना पुस्तककापी कलमको पनि पूजा गर्ने चलन । स साना बालबालिकालाई यसै दिन अक्षरआरम्भ गराइन्छ भने ज्ञान र कलाका साधकहरुले पनि यसै दिनदेखि साधनाको थालनी गर्ने चलन छ । काठमाडौको स्वयम्भूस्थित सरस्वतीमन्दिर, ललितपुरको लेलेमा रहेको नीलसरस्वतीमन्दिर, भक्तपुरको वागीश्वरीमन्दिर तथा नेपालगञ्जस्थित वागीश्वरीमन्दिर लगायतका देशैभरका सरस्वतीमन्दिरमा आज भक्तजनको भीड लागेको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको