काठमाडौं – बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास एनसीमास संस्थाको सहयोगमा काठमाडौंको टोखास्थित एन्जल प्याराडाइज स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको प्रिन्सिपल रामकृष्ण डंगोल बताउनु भयो ।
अवाकस शैक्षिक प्रणालीले बालबालिकामा गणितीय समस्या समाधान हुने, उनीहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको र अभिवाभक र विद्यार्थीले पनि उतिकै रुचाएको बताए । साथै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुको भनाइ छ ।



