उपत्यकामा फेरि चिसो बढ्यो, अन्य ठाउँको यस्तो छ मौसम

काठमाडौं – मौसममा सोमबार बिहान केही परिवर्तन भएको छ । काठमाडौं उपत्यकासहित तराई भेगमा मौसम सफा रहेको छ । काठमाडौंमा हल्का चिसो बढेको छ ।

आइतबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहे पनि सोमबार बिहान न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ ।

मंगलबार यसमा अझै थपघट हुन सक्नेछ । मौसम पूवानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए अनुसार पूर्वी र पश्चिमी पहाडी भेगमा सामान्य बदली भएको छ ।

हिमाली भेगमा सामान्य बदली भएको छ । हिमपातको सम्भावना भने कम रहेको छ । आंशिक बदली भनिए पनि घाम लाग्ने मौसमविद् अर्यालले बताए ।

तर मंगलबार भने वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वमा हल्का वर्षा हुन सक्नेछ । अन्य क्षेत्रमा भने त्यतिठूलो परिवर्तन नहुने अर्यालले बताए ।

हाल नेपालमा उल्लेखीनीय मौसमी प्रणाली छैन । आइतबार कुनै पनि स्थानमा वर्षा भएन ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडि भु-भागमा आंशिक बदलि र बाँकि भु-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशभका पुर्वी पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको