उपत्यकामा फेरि चिसो बढ्यो, अन्य ठाउँको यस्तो छ मौसम

काठमाडौं – मौसममा सोमबार बिहान केही परिवर्तन भएको छ । काठमाडौं उपत्यकासहित तराई भेगमा मौसम सफा रहेको छ । काठमाडौंमा हल्का चिसो बढेको छ ।

आइतबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहे पनि सोमबार बिहान न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ ।

मंगलबार यसमा अझै थपघट हुन सक्नेछ । मौसम पूवानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए अनुसार पूर्वी र पश्चिमी पहाडी भेगमा सामान्य बदली भएको छ ।

हिमाली भेगमा सामान्य बदली भएको छ । हिमपातको सम्भावना भने कम रहेको छ । आंशिक बदली भनिए पनि घाम लाग्ने मौसमविद् अर्यालले बताए ।

तर मंगलबार भने वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वमा हल्का वर्षा हुन सक्नेछ । अन्य क्षेत्रमा भने त्यतिठूलो परिवर्तन नहुने अर्यालले बताए ।

हाल नेपालमा उल्लेखीनीय मौसमी प्रणाली छैन । आइतबार कुनै पनि स्थानमा वर्षा भएन ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडि भु-भागमा आंशिक बदलि र बाँकि भु-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशभका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशभका पुर्वी पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

सिफारिस

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनु भएको छ । उर्जा मन्त्रालयमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको आयोजनामा रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर र्‍यालीसहित नारायण चौरमा...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक ३०...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण...

सुनुवार भाषामा नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने...

राजनीतिको गेरु मोडेल र राजसंस्थाको पुनरावलोकन

गेरु सँग 'प्रेम' पनि छ ,डर पनि छ ।...

१५औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल सम्पन्न, बागमती प्रदेश प्रथम

काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न...

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व...

धेरै पढिएको