प्रथम संसकरणको प्याब्सन मेट्रो कप फुटसलको उपाधि कौसतुभ एकेडमीलाई

१ का बिरूद्व १६ गोलको बिशाल अन्तरले प्रथम संसकरणको प्याब्सन मेट्रो कप फुटसलको उपाधी कौसतुभ एकेडमीले जितेको छ।  आज बौद्व स्थित एरिना फुटसलमा भएको फाइनल खेलमा विजेताले सेचेन महाबौद्व विद्यालयलाई उक्त गोल अन्तरले पराजित गरि नगद २० हजार सहित उपाधी हात पारेको हो।

फाइनल खेलका म्यान अफ दि म्याच कौसतुभका बिबस मगर बने।  यसै गरि सेचेन महाबौद्वले नगद १० हजार सहित द्वितीय स्थानमा चित्त बुझायो।  आजै सम्पन्न अर्को खेलमा समता शिक्षा सदनले नेपाल तारा स्कूललाइ १३-१२ गोल अन्तरले पराजित गरि तृतीय स्थान हासिल गरेको छ।

निर्धारित समयमा दुबै टीमको ४-४ गोलको बराबरी भएसी खेलको निर्णय पेनाल्टि सुट आऊँट बाट गरिएको थियो ! समताले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो ! यस खेलको म्यान अफ दि म्याच समताका सुनील तमाङ्ग बने ! विजयी टीमले फाईनलमा पुग्नु अघि आजै भएको सेमीफाइनल खेलमा नेपाल तारा स्कूल लाइ ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

यसै गरि द्वितीय हुने टीम ले समता शिक्षा निकेतनलाइ ५-२ गोल अन्तरले पराजित गर्दै आफुलाई उपाधिको दाबेदार बनाएको थियो ! सेमिफाइनलका म्यान अफ दि म्याच नेपाल तारा का विज्ञान खड़का र समताका सागर पंचकोटि बने ! व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता कौसतुभका लक्ष्मण गुरुंग, उत्कृष्ट गोलकिपर कौसतुभ कै अमर बहादुर नेवा र सर्वोकृष्ट खेलाडी समताका दीपेन्द्र तामाङ्गले जनही २/२ हजार नगद सहित ट्रफी पाए ! आज एक समारोह बीच बिजयी खेलाडी तथा विद्यालयलाई काठमाण्डौ क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण राइ, प्याव्सन काठमाड़ौ ज़िल्ला कमिटी प्रमुख हरिकृष्ण श्रेष्ठ, प्याव्सन महानगर कमिटी प्रमुख मुरारी प्रकास संजेल र कार्यक्रम संयोजक ज्ञान बहादुर श्रेस्ठले संयुक्त रूपमा पुरस्कृत गरेका थिए।

समापन समारोहमा प्याव्सन काठमाँड़ौ ज़िल्ला कमिटी नगर कमिटी पदाधिकारीको उपस्थिति रहेको थियो ! प्याव्सन काठमाण्डौ महानगर कमिटिले अब हरेक बर्ष यो कार्यक्रमलाई निरन्तरता दिने प्वाब्सन काठमाण्डौ नगरकमिटि का बरिष्ठ उपाध्यक्ष एवम् विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले कार्यक्रममा जानकारी गराए।

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

धेरै पढिएको