कोरोना भाइरस : नेपालमा मास्कको अभाव, दोब्बर महँगो मूल्यमा बेच्दै व्यापारी

काठमाडौं – चीन फैलिएको कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ ।

कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिएको हो । मास्क बिक्रेताका अनुसार, कोरोना भाइरस देखिनु अघि मास्कको माग खासै थिएन। तर, पछिल्लो एक सातामा सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको छ।

मास्क अभाव हुन् थालेपछि बजारमा केहि व्यापारीहरुले भने कालो बजारीको फाइदा उठाउदै दोब्बर महँगो मूल्यमा मास्क बेच्न थालेका छन्। कम्पनीबाट मास्क आउनै छाड्यो भन्दै  दोब्बर मूल्यमा बेच्न थालेका हुन्।

मास्कको माग बढेसँगै स्टक पनि सकिएको क्षेत्रपाटी स्थित एक फर्मामा कार्यरत कर्मचारीले जानकारी दिए।  बजारमा पाइने निलो र हरियो रंगका मास्क अभाव नै भइसकेको छ। अहिले चिनियाँहरुले प्रयोग नगर्ने कालो र सेतो रंगको मास्क मात्र नेपाली बजारमा विक्री भइरहेको उनले बताए ।

नेपालमा मास्क उत्पादन गर्ने तीन वटा मात्रै कम्पनी छन्। यी सबै कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन्। कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ। चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन।

एक कार्टुनमा दुई हजार पिस मास्क हुन्छ। नेपालमा आठ सयको हाराहारीमा सर्जिकल व्यवसायी छन्। तर कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको माग बढेको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको