कोरोना भाइरस : नेपालमा मास्कको अभाव, दोब्बर महँगो मूल्यमा बेच्दै व्यापारी

काठमाडौं – चीन फैलिएको कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ ।

कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिएको हो । मास्क बिक्रेताका अनुसार, कोरोना भाइरस देखिनु अघि मास्कको माग खासै थिएन। तर, पछिल्लो एक सातामा सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको छ।

मास्क अभाव हुन् थालेपछि बजारमा केहि व्यापारीहरुले भने कालो बजारीको फाइदा उठाउदै दोब्बर महँगो मूल्यमा मास्क बेच्न थालेका छन्। कम्पनीबाट मास्क आउनै छाड्यो भन्दै  दोब्बर मूल्यमा बेच्न थालेका हुन्।

मास्कको माग बढेसँगै स्टक पनि सकिएको क्षेत्रपाटी स्थित एक फर्मामा कार्यरत कर्मचारीले जानकारी दिए।  बजारमा पाइने निलो र हरियो रंगका मास्क अभाव नै भइसकेको छ। अहिले चिनियाँहरुले प्रयोग नगर्ने कालो र सेतो रंगको मास्क मात्र नेपाली बजारमा विक्री भइरहेको उनले बताए ।

नेपालमा मास्क उत्पादन गर्ने तीन वटा मात्रै कम्पनी छन्। यी सबै कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन्। कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ। चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन।

एक कार्टुनमा दुई हजार पिस मास्क हुन्छ। नेपालमा आठ सयको हाराहारीमा सर्जिकल व्यवसायी छन्। तर कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको माग बढेको छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको