काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री केशव स्थापितले गाँजामाथि प्रतिबन्ध लगाउनेको राजनीति सकिने बताएका छन्। संवाद चौतारीमा आयोजित एक अन्तरकृया कार्यक्रममा बोल्दै उनले अमृत समान गाँजालाइ जसले प्रतिबन्ध लागाउने कुरा गर्छ त्यसको राजनीति सकिने बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले गाँजाको धेरै फाईदा रहेको र गाँजा खेतिबाट नेपालीहरू सबै छिट्टै करोडपति बन्न सक्ने भन्दै यसको प्रतिबन्ध संसदमा दरिलो तरिकाले उठान गरेर हटाउनु पर्नेमा जोड दिए।
यसबारे संसदमा जसले बोल्दैन त्यसले अर्को चुनावमा नउठे हुन्छ राजनीतिबाट सन्यास लिए हुन्छ भन्दै अहिले बढि रहेको व्यापार घाटा पनि गाँजा खेती गरेर एक वर्ष मै सबै निमिट्यान्न हुने स्थापितले बताए।
उनले नुन र चिनीको वेफाईदा धेरै रहेको र बरु त्यसलाई चै नेपालमा प्रतिबन्ध लगाउनु पर्ने बताए।